21.5 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
21.5 C
Kalaiya
Tuesday, October 14, 2025

पर्सामा आठ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

पर्सा,१७ साउन । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोला चोकबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन्।

Advertisement

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले सूचना परिचालन तथा नियमित चेकजाँचको क्रममा बालुवाबाट देउरवानातर्फ जाँदै गरेको बीआर ०५ एजे ६८०५ नम्बरको भारतीय मोटरसाइकललाई शुक्रबार उक्त मोटरसाइकल चालकले सिटमुनी र शरीरमा बाँधेको अवस्थामा लागुऔषध गाँजा फेला परेको हो।

Advertisement

पक्राउ पर्नेमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ एकटांगा निवासी ३४ वर्षीय जगमोहन यादव रहेका छन्। पक्राउ परेका यादवको साथबाट ८ किलो ४४० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

Advertisement

उक्त गाँजा र मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर