31.5 C
Kalaiya

Saturday, August 2, 2025
spot_img
31.5 C
Kalaiya
Saturday, August 2, 2025

spot_img

सिमरामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भदौ २१ गतेदेखि सुरु हुने

spot_img
spot_img
spot_img
Advertisement

बारा,१७ साउन । बाराको सिमरा रंगशालामा आगामी भदौ २१ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

Advertisement

सिमरा भेट्रान क्लबको पहलमा पहिलोपटक महिलामैत्री फुटबल आयोजना हुन लागेको हो । प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो ।

Advertisement
Advertisement

प्रतियोगितामा नेपाल प्रहरी क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ र रौतहट जिल्ला फुटबल संघ, धरान सिटी क्लब, भारतको दार्जिलिङस्थित कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लब गरी जम्मा आठ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता रातिको समयमा सिमरा रंगशालामा हुनेछ । प्रतियोगिताका विजेतालाई नगद पाँच लाख रुपैयाँ र उपविजेतालाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँसहित, विभिन्न विभागीय पुरस्कार – उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड तथा प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर