कलैया, २७ साउन। नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुन प्रतितोला एक लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला तोलामा १० रुपैयाँले घटेर दुई हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस अघि सोमबार चाँदी प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँ कायम भएको थियो ।