33 C
Kalaiya

Saturday, August 16, 2025
spot_img
33 C
Kalaiya
Saturday, August 16, 2025

spot_img

आज २०८२ साल साउन ३१ गते शनिवार,यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img
spot_img
Advertisement

आजको राशिफल :

Advertisement

मेष:

Advertisement

आज समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । आफ्नो परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । खानपानको सोखले स्वास्थ्य प्रतिकुल बन्न सक्नेछ । धोका हुन सक्नेछ, सजग रहनुपर्ला ।

वृष:

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । रोकिएर वसेका काम वन्दै जानेछन् । मध्यान्नवाट कार्य क्षेत्रमा प्रगति हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन:

महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । फजुल खर्चबाट जोगिनुहोस् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट:

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पशुपालन तथा कृषिकर्मबाट लाभ आर्जन गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ । स्वादिष्ट भोजनमा रमाइनेछ ।

सिंह:

आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।

कन्या:

अरुका लागि बुद्धि र समय खर्चनु पर्नेछ । व्यापार व्यावसायमा सामान्य लाभ हुनेछ । राजनीतिक र प्रशासनिक क्षेत्रको कार्यमा बाधाहरू आउनेछन् । समयावस्था बुझी काम गर्ने प्रयत्न गर्नु राम्रो पक्ष हुन आउने छ ।

तुला:

आज अनावश्यक भ्रमण हुनेछ । कार्यसम्पादनमा रोकावट पैदा हुनेछ । प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ । दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना छ । सफलताको लागि आज अलिक संघर्ष गर्नुपर्ने दिन रहेको छ ।

बृश्चिक:

प्रर्तिस्पर्धीहरु पछि पर्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कुटुम्बजनहरुसँगको सम्बन्ध अझ प्रगतिशील र प्रगाढ रहने देखिन्छ । नयाँनयाँ विचार तथा सिद्धान्तहरुको आविर्भाव हुने देखिन्छ ।

धनु:

विद्या बुद्धिको विकास हुनेछ । रोकिएका काम बन्दै जानेछन् । आफूले सोचेअनुरूप सबै कुरा मिल्दै जानेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मकर:

कार्य सम्पादनमा कठिनाई हुनेछ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुन सक्नेछ ।

कुम्भ:

विपक्षीको जालझेलबाट सावधान रहनुपर्ने समय छ । घर–परिवारमा असमझदारी बढ्न सक्नेछ । मध्यान्नबाट बन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख खटपटको सम्भावना छ ।

मीन:

ईष्र्या गर्नेहरुले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ । कार्यशैलीमा परिवर्तन हजुरको लागि लाभदायी रहनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । साथिभाई इष्टमित्रमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर