Monday, August 3, 2026

बाराका एकजना युवाको भारतको मुम्बईमा सडक दुर्घट्नामा परी मृत्यु 

कलैया, ०१ भदौ । बाराका एकजना युवाको भारतको मुम्बईमा सडक दुर्घटनामा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं ४ कोईलिडीहका ३० वर्षिय राधेश्याम पटेल रहेका छन्।

पटेल रोजगारीको सिलसिलामा भारत ८ महिना अघि मुम्बई गएका थिए। र मुम्बईस्थित (ब्याग) कम्पनीमा कार्यरत थिए। कम्पनीबाट डेरा फर्किने क्रममा सडक पार गर्दै गर्दा एउटा सानो कारको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका पटेललाई थप उपचारको लागि अस्पताल लगिएकोमा उपचारक़ क्रममा उनको ज्यान गएको परिवारिक स्रोतले जनाएको छ।

मृतकका पिता महेन्द्र राउत कुर्मीले आर्थिक अभावका कारण छोरा विदेश जान बाध्य भएको बताए। मृतक पटेलका एकजना छोरा र एक छोरी रहेका छन् भने पत्नी अहिले दुःखद खबर पछि बेहोस अवस्थामै छिन्।

घटनापछि पूरै कोईलिडीह शोकमा डुबेको छ। स्थानियका अनुसार पटेल परिवारको सहारा थिए र घरको अवस्था पनि कमजोर थियो। पटेलको शव आज राति ११ बजे फ्लाइटमार्फत भारतको पटना ल्याइनेछ र त्यहाँबाट एम्बुलेन्समार्फत भोली सम्ममा नेपाल ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर