31.5 C
Kalaiya

Monday, August 18, 2025
spot_img
31.5 C
Kalaiya
Monday, August 18, 2025

spot_img

आज २०८२ साल भदौ ०२ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img
spot_img
Advertisement

आजको राशिफल : 

Advertisement

वि.सं. २०८२ साल भदौ २ गते सोमबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

Advertisement

मेषः

मनको कुरो साथीभाइले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ । एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।

वृषः

गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ । सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्नेछ । लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनसक्ने समय छ ।

मिथुनः

मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्नेछ । कुनै नयाँ कामका लागि विशेष तयारी गरिनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

कर्कट:

तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ । ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन । नत्र विश्वासको सङ्कट हुनसक्नेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुनेछन् ।

सिंहः

विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आज विशेष उपहार प्राप्तीले काममा उत्साह जगाउनेछ ।

कन्याः

कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, आँटे÷ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुलाः

सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने योग छ । धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ ।

बृश्चिकः

महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला । त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिनेछ । अवसर र व्यवधानका बीचबाट कर्मयोग भने अघि बढ्नेछ ।

धनुः

नयाँ कामतर्फ अग्रसर भइने छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ । घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्नेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।

मकरः

आज आकस्मिक लाभ पाउने दिन रहेको छ । चिठ्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना छ । समय राम्रो छ, समयको सदुपयोग गर्नुहोला । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कुम्भः

मन र शरीर भारी हुने समय छ । कामकाजमा पनि उत्साहको कमी हुनेछ । कुनै परिचित मान्छेको नराम्रो खबर सुन्दा दिक्क मान्नु हुनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला ।

मीनः

भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला । किनभने आज चियोर्चाले तनावमा बृद्धि गर्नेछन् । वादविवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ । कामको मेसो नमिल्दा योजना अधुरै रहन सक्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर