कलैया, १२ भदौ। विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास टी–२० खेलमा साउथ अस्ट्रेलियासँग नेपाल ३ रनले पराजित भएको छ।
साउथ अस्ट्रेलियाबाट १६१ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा १५७ रन जोड्यो । यस अघि पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन जोडेको हो। यसअघि आजै बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
नेपालले मंगलबार पनि दुई अभ्यास खेल खेलेको थियो। उक्त दिन दुईवटै अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई पराजित गरेको थियो ।