Thursday, June 4, 2026

दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग नेपाल ३ रनले पराजित

spot_img

कलैया, १२ भदौ। विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास टी–२० खेलमा साउथ अस्ट्रेलियासँग नेपाल ३ रनले पराजित भएको छ।

साउथ अस्ट्रेलियाबाट १६१ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा १५७ रन जोड्यो । यस अघि पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन जोडेको हो। यसअघि आजै बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

नेपालले मंगलबार पनि दुई अभ्यास खेल खेलेको थियो। उक्त दिन दुईवटै अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई पराजित गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर