Sunday, August 16, 2026

युवाको उमेर अब १८ देखि ३५ बर्ष

Advertisement
Advertisement Advertisement

कलैया, १२ भदौ। युवाको उमेर १८ देखि ३५ वर्षसम्म हुने भएको छ। सरकारले स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार अब युवाको उमेर १८ देखि ३५ वर्षसम्म हुने भएको हो । यसअघि २०७२ को नीतिअनुसार युवाको उमेर १६ देखि ४० वर्षसम्म मानिन्थ्यो।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, बालबालिकासम्बन्धी कानुनले १८ वर्षमुनिलाई बालक मान्ने भएकाले १८ देखि ३५ वर्षसम्मलाई मात्र युवाको परिभाषामा राखिएको हो।

 २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले जानकारी दिएका छन। हालै मात्र १० वर्षपछि युवा नीति परिमार्जन गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर