Sunday, August 16, 2026

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्गमा सवारी साधन रोक्न निषेध

Advertisement
Advertisement Advertisement

कलैया, १२ भदौ। पर्सा राष्ट्रिय निकुञ्जले वरपरका राजमार्ग क्षेत्रमा सवारी साधन रोक्न निषेध गरेको छ। निकुञ्जले आज (बिहीबार) पथलैयामा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई पत्र लेख्दै पथलैया-अमलेखगञ्ज सडकखण्ड र पथलैया-निजगढ सडक खण्डको जंगलमा सवारी साधन रोक्न निषेधका लागि सहयोग गर्न आग्रह गरेको हो ।

पर्सा राष्ट्रिय निकुञ्जले प्रहरीलाई पठाएको पत्रमा निकुञ्ज र वन क्षेत्रबाट निस्कने वन्यजन्तुले मानवीय क्षति पुर्‍याएको सूचना पाएकाले त्यस्तो घटना हुन नदिन सवारी साधन रोक्न निषेध गरिएको उल्लेख छ। निकुञ्जले उल्लेख गरेको उक्त क्षेत्रमा पछिल्लो समय बाघ, चितुवा, हात्तीजस्ता वन्यजन्तुको चहलपहल बढ्दै गएको छ।

बुधबार मात्रै आधाभार जंगलतर्फ घाँस काट्न गएका जितपुरसिमरा उपमहानगरपालिका–२२ २ नं. पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्माको बाघको आक्रमणमा परी मृत्यु भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर