Sunday, August 16, 2026

बारामा सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढीको अवैध सामान बरामद

Advertisement
Advertisement Advertisement

कलैया,१३ भदौ। सशस्त्र प्रहरी बलले बाराको विभिन्न स्थानबाट करिब १० लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

कलैया उपमहानगरपालिका–६ बरेवा स्थित सशस्त्र प्रहरी बल नं. १२ गण हे.क्वा. बाराबाट सहायक निरीक्षक परमानन्द मुखियाको कमाण्डमा खटिएको टोलीले शुक्रबार दुईवटा मोटरसाइकल प्रयोग गरी नेपालतर्फ ल्याउँदै गरेको कपडा, चकलेट र खजुर बरामद गरेको हो। उक्त बरामद गरिएको सामानको अन्दाजी मूल्य रु. ७ लाख ७१ हजार ३८० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यस्तै पचरौता नगरपालिका–२ श्रीनगर बैरियाबाट मोटरसाइकलसहित करिब रु. १ लाख ९० हजार बराबरको किराना सामान बरामद गरिएको छ। यसैगरी वि.ओ.पि. बरैनियाको टोलीले करिब रु. ७१ हजार मूल्य बराबरको ढोकामा प्रयोग हुने ताल्चा बरामद गरेको बाराका गणपति एवंम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।

उनका अनुसार बरामद गरिएका सम्पूर्ण अवैध सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर