23.7 C
Kalaiya

Tuesday, October 28, 2025
spot_img
23.7 C
Kalaiya
Tuesday, October 28, 2025

जीतपुरमा सुकुम्बासीलाई लालपुर्जा वितरणबारे छलफल

spot_img
spot_img

जीतपुर,१५ भदौ । बाराको जीतपुरमा भूमी समस्या समाधान आयोगले सुकुम्बासी, दलित तथा अव्यवस्थित बासिन्दालाई जग्गाको लालपुर्जा वितरणलाई सहज बनाउने विषयमा सरोकारवालासँग छलफल गरेको छ।

Advertisement

जीतपुरसिमरा उपमहानगरपालिकाको समन्वयमा उपमहानगरपालिकाको कार्यालयमै भएको छलफलमा आयोगका अध्यक्ष हरि प्रसाद रिजालले स्थानीय तह र राजनीतिक दलहरूको इमान्दार सक्रियताले मात्र लालपुर्जा वितरण प्रक्रिया सहज हुने बताएका छन ।

Advertisement

सो अवसरमा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले निर्वाचनका बेला भुमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बासिन्दालाई लालपुर्जा दिलाउने वाचा पूरा गर्न नसक्दा निर्वाचन क्षेत्रमा जान लाज लागेको अनुभव सुनाए ।

Advertisement

उहाँले आयोगलाई प्रक्रिया पूरा गरी लालपुर्जा वितरण सुरु गर्नुपर्ने धारणा राख्नुभयो। बारा क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य ज्वाला साहले राजनीतिक पुर्बाग्रह बिना काम गर्दा लालपुर्जा सम्मको यात्रा सहज भई सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरुले चाडै लालपुर्जा पाउँने बिश्वास ब्यक्त गरिन् । भुमी समस्या समाधान आयोगका भुमि बिज्ञ सदस्य जगत बस्नेले कस्ता ब्यक्तिले लालपुर्जा प्राप्त गर्ने , प्रक्रियाका चरणहरु , कसले कति जग्गा प्राप्त गर्न सक्ने लगायतको बिषयमा बताएका थिए ।

बारा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सबैले ईमान्दारी पुर्ब काम गर्ने हो भन्ने जनताले सहज रुपमा लालपुर्जा प्राप्त गर्ने बताए । त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले जग्गा नापजाँचका लागि आवश्यक उपकरण को खरिद गर्ने र फिल्डमा खटिने कर्मचारीमा लाग्ने खर्च कसले व्यहोर्ने भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो ।

भूमि समस्या समाधान आयोगका अध्यक्ष भरत घलेको अध्यक्षतामा भएको छलफलमा प्रदेश सभा सदस्य देवनारायण चौधरी ,त्रिलौकी चौधरी ,कोल्हबी नगरपालिकाको नगरप्रमुख राम प्रसाद चौधरी ,परवानीपुर गाउँपालिकाको अध्यक्ष राम प्रसाद क्षेत्री लगायत बिभिन्न राजनितीक दलका प्रतिनिधिहरु र सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!