33.3 C
Kalaiya

Wednesday, September 3, 2025
spot_img
33.3 C
Kalaiya
Wednesday, September 3, 2025

बारामा पाचँ केजी लागूऔषध गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

कलैया,१८ भदौ । बारा प्रहरीले पाचँ केजी प्रतिबन्धित लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–११ खेस्रोल बस्ने मदन यादवका छोरा अन्दाजी २० वर्षीय मुना यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

Advertisement

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पूर्वटोलस्थितमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक राजहरण यादवको कमाण्डमा खटिएको टोलीले उक्त बरामद गरेको हो ।

Advertisement

पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बिआर ०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ट्याङ्क मुनि फल्स बटम बनाई लुकाइ ल्याइएको ५ केजी गाँजा फेला परेको डिएसपी पण्डितले बताए । उनका अनुसार गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर