28.8 C
Kalaiya

Friday, September 5, 2025
spot_img
28.8 C
Kalaiya
Friday, September 5, 2025

सिमरामा नेपोभिट अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने

spot_img
spot_img

सिमरा,२० भदौ । बाराको सिमरामा नेपोभिट जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको आयोजना हुदैछ ।

Advertisement

यही भदौ २१ गतेदेखि हुने उक्त प्रतियोगिताको सिमरा भेट्रान क्लबले आयोजना गर्न लागेको हो । प्रतियोगिताको लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक क्लबले विहीबार पत्रकार सम्मेलनमार्फत तयारी बारे जानकारी दिएको हो ।

Advertisement

खेलहरू रात्री समयमा सिमरा रंगशालामा हुनेछन्। उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उपमहानगरपालिका मुख्य सहयोगी संस्थाका रूपमा रहेको छ । प्रतियोगितामा ८ टोली सहभागी हुनेछन ।

Advertisement

प्रतियोगिताका विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउने छन । यसैगरी उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १०–१० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, भारतको दार्जिलिङस्थित कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लबले सहभागिता जनाउने छन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर