Sunday, August 16, 2026

कलैयामा आज बिहान ११ बजे सम्म विद्युत अवरुद्ध हुने

Advertisement
Advertisement Advertisement

कलैया, २१ भदौ । आज (शनिबार) बिहान ७ बजेदेखि ११ बजेसम्म ४ घण्टा कलैया क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रका अनुसार गण्डक १३२/३३ के.भी. सबस्टेशनबाट निस्कने कलैया ३३ के.भी. र बिरगंज ३३ के.भी. डबल सर्किट लाइन तथा ११ के.भी. लाइनको आवश्यक स्पेस क्लियरेन्स मिलाउनुपर्ने भएकाले उक्त समयमा आपूर्ति अवरुद्ध हुने भएको हो।

निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा, लाइन पनि सोही अनुसार चाँडै सञ्चालनमा ल्याइने कलैया वितरण केन्द्रले जनाएको छ।

कलैया वितरण केन्द्रले अवरुद्ध अवधिमा हुने असुविधाप्रति ग्राहक वर्गसँग क्षमायाचना गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर