23.4 C
Kalaiya

Thursday, October 30, 2025
spot_img
23.4 C
Kalaiya
Thursday, October 30, 2025

बारामा कुलोमा मृत अवस्थामा महिलाको शव फेला

spot_img
spot_img

कलैया, २१ भदौ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ स्थित साझेदारी वनको कूलोमा शनिबार एक महिलाको मृत अवस्थामा शव फेला परेको छ।

Advertisement

नाम थर तथा वतन नखुलेको अनुमानित ३६ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उक्त शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

प्रहरी चौकी जैतापुरबाट प्रहरी सहायक निरीक्षक निल प्रसाद मैनालीको कमाण्डमा टोली खटि गई घटनास्थल सुरक्षित राखेको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको कमाण्डमा मुचुल्का सहितको टोलि खटेको छ।

Advertisement

यसबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!