Sunday, August 16, 2026

बारामा कुलोमा मृत अवस्थामा महिलाको शव फेला

Advertisement
Advertisement Advertisement

कलैया, २१ भदौ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ स्थित साझेदारी वनको कूलोमा शनिबार एक महिलाको मृत अवस्थामा शव फेला परेको छ।

नाम थर तथा वतन नखुलेको अनुमानित ३६ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उक्त शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी जैतापुरबाट प्रहरी सहायक निरीक्षक निल प्रसाद मैनालीको कमाण्डमा टोली खटि गई घटनास्थल सुरक्षित राखेको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको कमाण्डमा मुचुल्का सहितको टोलि खटेको छ।

यसबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर