Wednesday, July 1, 2026

विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ

कलैया, ८ असोज । त्रिभुवन अन्तरराष्ट्रिय विमास्थनलबाट सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षीय भारतीय नागरिक रोनक मदनी रहेको प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयबाट खटिएको टोलीले विमानस्थलको आगमन भन्सार क्षेत्रबाट ८ सय ३५ ग्राम सुनसहित पक्राउ गरेको हो ।

इण्डिगो एयरको उडानमार्फत भारतको मुम्बईबाट काठमाडौँ आएका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँचका क्रममा शङ्का लागेपछि काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गलमा भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाण फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर