कलैया, १८ असोज। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा विजयी भएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएको थियो । ९२ रनको लक्ष्य पच्छ्याएको नेपाल १६२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् ।
यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन रनले पराजित भएको थियो । नेपालले आगामी जनवरीमा घरेलु मैदानमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप यो शृङ्खला खेलेको हो ।