Thursday, September 24, 2026

महिला टी-२०आई शृंखला : नेपालले मलेसियालाई ६ विकेटले हरायो

Advertisement
Advertisement

कलैया, १८ असोज। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा विजयी भएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएको थियो । ९२ रनको लक्ष्य पच्छ्याएको नेपाल १६२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् ।

यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन रनले पराजित भएको थियो । नेपालले आगामी जनवरीमा घरेलु मैदानमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप यो शृङ्खला खेलेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर