कलैया, १८ असोज। शुक्रबार रातिदेखि परेको अविरल वर्षा, हावाहुरी र चट्याङका कारण कलैया वितरण केन्द्रबाट सप्लाई हुने अधिकांश फिडर फल्ट भई अवरुद्ध भएको छ ।
यसका कारण बाराको विभिन्न स्थानमा बिहानै देखि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रले जनाएको छ। केन्द्रका अनुसार विद्युत आपूर्ति पुनः सुचारु गर्न मर्मत सम्भार टोली परिचालन गरिएको छ।
अविरल वर्षा र हावाहुरीका कारण कुनैस्थानमा तार चुडिनु, पोल ढल्नु तथा वितरण लाइनमा क्षति पुगेको भए तत्काल जानकारी दिन कलैया वितरण केन्द्रले अनुरोध गरेको छ।