Sunday, August 16, 2026

लगातारको वर्षा र चट्याङका कारण कलैया वितरण केन्द्रका अधिकांश फिडर अवरुद्ध

Advertisement
Advertisement Advertisement

कलैया, १८ असोज।  शुक्रबार रातिदेखि परेको अविरल वर्षा, हावाहुरी र चट्याङका कारण कलैया वितरण केन्द्रबाट सप्लाई हुने अधिकांश फिडर फल्ट भई अवरुद्ध भएको छ ।

यसका कारण बाराको विभिन्न स्थानमा बिहानै देखि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रले जनाएको छ।  केन्द्रका अनुसार विद्युत आपूर्ति पुनः सुचारु गर्न मर्मत सम्भार टोली परिचालन गरिएको छ।

अविरल वर्षा र हावाहुरीका कारण कुनैस्थानमा तार चुडिनु, पोल ढल्नु तथा वितरण लाइनमा क्षति पुगेको भए तत्काल जानकारी दिन कलैया वितरण केन्द्रले अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर