वीरगन्ज, २६ असोज। पर्साको पकहामैनपुर गाउँपालिकामा एकजना स्थानीयको गोठघरमा मध्यरातमा आगलागी हुदाँ लाखौंको क्षति भएको छ।
आज असोज २६ गते अन्दाजी २ बजेको समयमा पकहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने धुपनाथ राउतको गोठघरमा विद्युतको तार सर्ट भई आगलागी हुदाँ बिआर ०५ एएस ४८७९ भारतीय नम्बरको एउटा मोटरसाइकल, साईकल, विद्युत मिटर, भैसी, २ वटा पाडीको ढाडमा १० प्रतिशत पोली घाइते भएका छन्।
उक्त आगलागीमा १ लाख ८६ हजार रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। आगलागीमा मानवीय क्षति नभएको र १ घण्टा पश्चात आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।