Thursday, July 2, 2026

बारामा यात्रुबाहक बसबाट १ लाख भन्दा बढिको पटाका प्रहरीको नियन्त्रणमा

कलैया । बारामा १ लाख भन्दा बढि मुल्यको पटाका प्रहरीले नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित बीरगंजबाट काठमाण्डौ जादै गरेको ना.६ ख. ६२९३ नं. को यात्रुबाहक बसलाई रोकी चेकजाच गर्ने क्रममा बसको डिकी भित्र लुकाई छीपाई रखेको अबैध बिभिन्न किसिमको पटाका नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले आइतबार उक्त पटाका नियन्त्रणमा लिइएको हो । उक्त पटाकाको अन्दाजी मुल्य १ लाख ७ हजार बराबरको रहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिएका छन् ।

उक्त प्रतिबन्धित पटाका नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर