Thursday, July 2, 2026

धोरेमा एकजनाको गोठघरमा मध्यरातमा आगलागी हुदाँ लाखौंको क्षति

वीरगन्ज, २६ असोज। पर्साको पकहामैनपुर गाउँपालिकामा एकजना स्थानीयको गोठघरमा मध्यरातमा आगलागी हुदाँ लाखौंको क्षति भएको छ।

आज असोज २६ गते अन्दाजी २ बजेको समयमा पकहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने धुपनाथ राउतको गोठघरमा विद्युतको तार सर्ट भई आगलागी हुदाँ बिआर ०५ एएस ४८७९ भारतीय नम्बरको एउटा मोटरसाइकल, साईकल, विद्युत मिटर, भैसी, २ वटा पाडीको ढाडमा १० प्रतिशत पोली घाइते भएका छन्।

उक्त आगलागीमा १ लाख ८६ हजार रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। आगलागीमा मानवीय क्षति नभएको र १ घण्टा पश्चात आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर