28.4 C
Kalaiya

Monday, October 13, 2025
spot_img
28.4 C
Kalaiya
Monday, October 13, 2025

बिना सुचना विद्यालय बन्द गरेपछि देवताल गाउँपालिकाद्वारा कारवही

spot_img
spot_img

कलैया, २६ असोज। बाराको देवताल गाउँपालिकाअन्तर्गत रहेका दुई विद्यालयले पालिकालाई कुनै जानकारी नदिई र बिना सुचना विद्यालय बन्द गरेपछि गाउँपालिकाले दुबै विद्यालयका शिक्षक तथा कर्मचारीलाई कारवाही गरेको छ। गाउँपालिकाले विद्यालय बन्द गरेपछि कारवाही स्वरुप सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुको तलब, भत्ता कट्टा गरेको जनाएको छ ।

Advertisement

आईतबार सुचना जारी गर्दै गाउँपालिकाले वडा नं ३ पिप्राढी र वडा नं ४ देवताल स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले बिना सुचना असोज २६ गते विद्यालय बन्द गरेको जनाएको हो । गुनासो बढे पछि अनुगमन गर्दा विद्यालय बन्द भएपछि विद्यार्थीहरु विद्यालय पोसाकमै सांस्कृतिक कार्यक्रममा भेटिएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

त्यससँगै सम्बन्धित विद्यालयका प्रधानध्यापक लाई २४ घण्टाभित्र शिक्षा शाखामा लिखित स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

देवताल गाउँपालिकाको सुचना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर