गौर, २७ असोज। रौतहट गौरमा जमेको पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ l जिल्लाको गौर नगरपालिका वडा नं १ कानुपट्टी स्थित भित्री सडक खण्डमा जमेको बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका वडा नं ८ लक्ष्मीपुर टोलका तिन जना बालिकाको मृत्यु भएको हो l
७ जनाको समूहमा घाँस काट्न गौर तर्फ हिडेका ति बालिकाहरुको बाटोमा बाढीको पानी जमेको खाल्डोमा पानी तैरिने क्रममा खाल्डोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले पुष्टि गरेको छ l ति मध्ये ४ जनाको भने सकुशल उद्धार गरिएको रौतहट प्रहरीले जनाएको छ l
बालिकाको टोलि पानीमा लापता भएको सुचना पाए लगत्तै भन्सार सुरक्षा गार्ड गौर, जिल्ला प्रहरी कार्यालय गौर, ससश्त्र प्रहरी बल तथा नेपालि सेनाको संयुक्त टोलि उदारको लागि खटेको थियो l मृत्यु हुनेमा राजदेवी नगरपालिका वडा नं ८ कि १३ वर्षिय आस्था कुमारी बैठा, १५ वर्षिय रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो । उनीहरुको शव अहिले प्रादेशिक अस्पताल गैरमा राखिएको छ l
यस्तै उनीहरु संगै रहेका मुस्कान कुमारी राम सकुशल रहेको १३ वर्षीय मुस्कान कुमारी, १० वर्षीय चन्द्रमुखी कुमारी राम, १५ वर्षीय सुनिता कुमारी बैठा र १० वर्षीय मुस्कान कुमारी बैठा सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ l