कलैया,२८ असोज । बारा प्रहरीले एक लाख भन्दा बढीको पटाका बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले मंगलवार उक्त पटाका बरामद गरेको हो ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका -२१ अमलेखगंजस्थित कार्यालय अगाडी चेक पवाइन्टमा बीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ७०८५ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाच गर्ने क्रममा बसको डिकी भित्र लुकाई छीपाई रखेको अबैध बिभिन्न किसिमको पटाका बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त पटाका अन्दाजी मुल्य १ लाख २ हजार बराबरको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।
उक्त प्रतिबन्धीत पटाका नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता पण्डितले जानकारी दिए ।