18.9 C
Kalaiya

Sunday, December 7, 2025
spot_img
18.9 C
Kalaiya
Sunday, December 7, 2025

प्रहरी दिवसको अवसरमा बारामा रक्तदान कार्यक्रम आयोजना, ७१ जनाले गरे रक्तदान

spot_img
spot_img

कलैया, २९ असोज । ७० औं प्रहरी दिवस २०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । उक्त रक्तदान कार्यक्रममा दुई महिलासहित ७१ जनाले रक्तदान गरेका हुन् । सो कार्यक्रम प्रादेशिक अस्पताल कलैया ब्लड बैंकको सहकार्यमा सम्पन्न भएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङले रक्त संकलन ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

Advertisement

रक्तदान कार्यक्रममा प्रहरी प्रमुख तामाङसहित प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डित, इलाका प्रहरी कार्यालय सिमराका कार्यालयप्रमुख एवम् प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशी, प्रहरी निरीक्षक खेम प्रसाद नेपाल र प्रकाश खड्का लगायतका प्रहरी कर्मचारीहरूले समेत रक्तदान गरे।

Advertisement

नेपाल प्रहरी स्थापना दिवसको अवसरमा हरेक बर्ष प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर