30.3 C
Kalaiya

Saturday, October 25, 2025
spot_img
30.3 C
Kalaiya
Saturday, October 25, 2025

गृहमन्त्री अर्यालले भने, “सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ”

spot_img
spot_img

कलैया, ८ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।

Advertisement

शनिबार बिहान सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टा छलफल भएको थियो । छलफलपछि गृहमन्त्री अर्यालले यस्तो बताएका हुन । उनले संवादमार्फत राजनीतिक दलहरूको माग सुनुवाइ सरकारले गर्ने समेत बताएका छन ।

Advertisement

उनले भने, “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”

Advertisement

उनले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउन नहुने तर्फ सबैले सचेत हुनु पर्ने बताएका छन् ।

आजको छलफलमा मुलुकमा सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको गृहमन्त्री अर्यालले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!