कलैया, ९ कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनाएको हो ।
अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५६ रनमात्र बनाउन सक्यो ।

















