कलैया, १० कात्तिक । छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
श्रद्धा, भक्ति र शुद्धताको प्रतीकको रुममा मानिने छठ पर्व सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइएको हो । छठ पर्वको मुख्य दिन आज सँझिया घाटे समेत भनिन्छ ।
व्रतालुहरू आज छठ पूजाका लागि नदी, पोखरी, तलाउ इत्यादि जलाशयमा तयार पारिएका छठ घाटमा गई श्रद्धापूर्वक पूजा आराधना गरी साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि (मङ्लवार) बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।
(तस्वीरहरु)
तस्वीर : शुभम सिंह / प्रहलाद चौरसिया

















