27.9 C
Kalaiya

Tuesday, October 28, 2025
spot_img
27.9 C
Kalaiya
Tuesday, October 28, 2025

बारामा एक युवक मृत अवस्थामा फेला

spot_img
spot_img

कलैया, ११ कात्तिक । बारामा एक युवक मृत अवस्थामा फेला परेका छन्। महागढीमाई नगरपालिका–५ बगडमपुर टोल निवासी ध्रुव सहनीका १९ वर्षीय छोरा भोला सहनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement

परिवारका अनुसार सहनी सोमबार साँझ “छठ पूजामा जान्छु” भनी घरबाट निस्केका थिए तर रातभरिको खोजीपछि पनि घर फर्किएका थिएनन्। मंगलबार बिहान उनका बुबाले प्रहरी चौकी गंजभवानिपुरमा उनी हराएको जानकारी गराएका थिए। प्रहरीलाई आएको जानकारी पछि प्रहरी नायब निरीक्षक बालराज गिरिको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा महागढीमाई नगरपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने बाँसघारी क्षेत्रमा सहनीका व्यक्तिगत सामानहरू फेला पारेको थियो।

Advertisement

प्रहरीका अनुसार घटनास्थल वरिपरि सहनीले प्रयोग गर्ने स्टिलको बाला, जुत्ता, पर्स, कालो हुडी, मोबाइल, घडी र इयरबडलगायतका सामग्री भेटिएका थिए। यी सबै वस्तुहरू प्रहरीको उपस्थितिमा उक्त स्थानमै सुरक्षित राखिएको छ। दहियार टोल निवासी ललन यादवको ठूलो पोखरीमा सहनीको शव फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!