24.1 C
Kalaiya

Tuesday, November 4, 2025
spot_img
24.1 C
Kalaiya
Tuesday, November 4, 2025

बारामा पक्राउ परेका सामाजिक अभियन्ता प्रदीप कुशवाहा र दिवेश सिंह रिहा

spot_img
spot_img

कलैया,१८ कात्तिक । वार्तामा बोलाई ‘अपराधिक उपद्रव’ मुद्दामा पक्राउ परेका दुई जना सोमबार रिहा भएका छन्। बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहाका ३० वर्षीय सामाजिक अभियन्ता प्रदीप प्रसाद कुशवाहा र वडा नम्बर ५ का अन्दाजी ३५ वर्षीय दिवेश सिंह रिहा भएका हुन्।

Advertisement

सामाजिक अभियन्ता कुशवाहा र सिंह चार दिनपछि रिहा भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका हुन्। खोजेको बेला हाजिर हुने शर्तमा दुबै जना रिहाई गरिएको र घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता पण्डितले जानकारी दिएका छन् ।

Advertisement

पक्राउ परेका अभियन्ता कुशवाहा र सिंह रिहाई भएपछि हरनैया चोकमा कोणसभा गरिएको छ। उक्त दुबै जनालाई अबिर र खादा लगाएर स्वागत गरेका छन्। सथै युवाहरुले उत्सव पनि मनाएका छन्।

Advertisement

सो कोणसभालाई सम्बोधन गर्दै आदर्श कोतवाल गाउँपालिका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अताउल अंसारीले लेखा शाखामा भएको आगलागी घटनाको मुख्य दोषीलाई पक्राउ गरी कारवाही नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।

आदर्शकोतवाल गाउँपालिकामा भएको तोडफोड तथा तालाबन्दी घटनासम्बन्धी घटनामा गाउँपालिका अध्यक्ष जवाहर प्रसादले दिएको जाहेरीका आधारमा उक्त दुवै जनालाई बारा प्रहरीले शुक्रबार पक्राउ गरेको थियो। जिल्ला अदालत बाराले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले शुक्रबार अनुमति दिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर