Friday, June 5, 2026

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले २२ गते विस्वासको मत लिँदै

spot_img

कलैया, १९ कात्तिक। मधेश प्रदेशमा दलहरूको अवरोध र तनावबीच मुख्यमन्त्रीमा नियुक्त भएका जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले कात्तिक २२ गते विस्वासको मत लिने भएका छन् ।

सोनलले आज बुधबार प्रदेश सचिवलाई निवेदन दिँदै नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विस्वासको मत प्राप्त गर्नको लागि व्यवस्था गरिदिन आग्रह गरेका हुन्।

सोनलको नियुक्तिमा कांग्रेस र एमालेले आपत्ति जनाउँदै नाराबाजी गरेपनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बहुमतको दाबीलाई मान्यता दिँदै असोज २९ गते नियुक्ति गरेकी थिइन्। यस्तै जनमत पार्टीमा विभाजनको आरोप र सांसदहरूको समर्थनमा विवाद भइरहे पनि सोनलले असोज ३० गते बिहीबार मुख्यमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

मुख्यमन्त्री सोनललाई जसपा नेपाल (१९), जनमत (१३), माओवादी (९), लोसपा (८), एकीकृत समाजवादी (७), संघिय समाजवादी (१) र नागरिक उन्मुक्ति (१) ले समर्थन गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर