Friday, June 5, 2026

निर्वाचन कार्यालय बारामा मतदाता नामावलीमा नाम दर्ता गर्न पुगेका सेवाग्राहीलाई सास्ती

spot_img

कलैया, २७ कात्तिक। मतदाता नामावलीमा नाम समावेश गर्ने अन्तिम समय नजिकिदै जाँदा जिल्ला निर्वाचन कार्यालय बारामा मतदाता नामावली समावेश, विवरण सच्याउने र स्थान परिवर्तनका लागि पुगेका सेवाग्राहीहरू सर्भर डाउन र अव्यवस्थित व्यवस्थापनका कारण दिनभर सास्ती खेप्न बाध्य भएका छन्।

बिहान नै देखि लाइनमा बसेका सेवाग्राहीहरू दिनभर प्रतीक्षा गरे पनि काम हुन नसकेपछि धेरैजना निराश हुँदै घर फर्किन बाध्य भएका छन्।सेवाग्राहीहरूका अनुसार कार्यालयमा उचित व्यवस्थापन, पर्याप्त जनशक्ति र आवश्यक जानकारीको अभावका कारण अत्यधिक असुविधा भइरहेको छ।

एक सेवाग्राहीले भने, “म बिहान ७ बजेदेखि लाइनमा छु, तर साँझ ४ बजेसम्म पनि मेरो पालो आएको छैन।” जिल्ला निर्वाचन कार्यालय बाराका सूचना अधिकारी मुकेश कुमार सिंहले भने केन्द्रस्तरमा प्राविधिक कार्य भइरहेको कारण सर्भरमा समस्या उत्पन्न भएको बताएका छन्। हाल बारामा मतदाता नामावली समावेश, विवरण सच्याउने र स्थान परिवर्तनका लागि दैनिक सयौँ सेवाग्राहीहरू कार्यालयमा पुग्ने गर्छन्।

आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्तसम्म हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर