कलैया,२९ कात्तिक । ईलाका प्रहरी कार्यालय सिमरा बाराको टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जना महिला पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ६ बस्ने ३५ बर्षीया सुसिला देवी र पोखरिया नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीया पुजा देवि पक्राउ परेको सिमराका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिएका छन् ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ०५ लल्का पुल स्थितमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक दिपककुमार बस्नेतको कमाण्डमा र लागु औषध नियन्त्रण व्युरो पर्साबाट प्रहरी सहायक निरीक्षक गोपाल खड्काको कमाण्डमा विशेष सूचनाको आधारमा खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो।
वीरगंजबाट पथलैया तर्फ पैदल आउदै गरेको जाँच गर्दा पटेर्वा सुगौली ६ बस्ने ३५ वर्षीय सुसिला देविको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पुरियामा ४४.४०० ग्राम (चवालिस ग्राम चार सय मिलिग्राम) फेला परेको डिएसपी जोशीले जानकारी दिए ।
उनका अनुसार दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएक छ।
















