Friday, August 14, 2026

सामाजिक सञ्जालमार्फत ठगी:१० करोड भन्दाबढि अवैध कारोबार,बाराका एकसहित ३ जना पक्राउ

कलैया, २८ कात्तिक । सामाजिक सञ्जाल प्रयोग गरी ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले बाराका एकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–२ का २१ वर्षीय राहुल मण्डल, वीरगञ्ज महानगरपालिका–२९, मुसौली टोलका ३५ वर्षीय कृष्णप्रसाद साह र सोहि ठाँउका १४ वर्षीय नाबालक रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

कात्तिक २६ गते १२ बजे वीरगञ्ज महानगरपालिका–८ स्थित  प्रभु अस्पताल अगाडी सडकखण्डमा केहि गिरोहले विभिन्न ब्यक्तिहरुलाई प्रलोभनमा पारी फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत अनलाईन खाता खोल्ने, फिसिङ्,  ओटिपि फ्रड,  जगिर दिने प्रलोभनमा पार्ने, अनलाईन ब्यवसायी लगायतका गतिविधि सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका ब्यक्तिहरुले विभिन्न ब्यक्तिको बैँक खाता र अन्य डिजिटल वालेट प्रयोग गरि १० करोड भन्दा बढिको अवैध कारोबार गरेको पाइएको छ ।

प्रहरीले उनीहरूबाट विभिन्न बैंकका ४३ वटा एटीएम कार्ड बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई बैंकिङ कसुर मुद्दामा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत पर्साबाट ३ दिनको म्याद थप गरी अनुसन्धान  अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक बस्नेत जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर