कलैया,२९ कात्तिक । बाराको सुवर्ण गाउँपालिका का अध्यक्ष राजेश प्रसाद यादवलाई दुर्व्यवहार गरेको आरोपमा अजय यादवसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शनिबार साझ गाउँपालिका अध्यक्ष यादव आफ्नो नगर प्रहरीको घरबाट छटियारको भोज खाएर मोटरसाइकलमा आउने क्रममा ईलाका प्रहरी कार्यालय कवहीगोठ अगाडि रोकेर दुर्व्यवहार गरेको आरोप अजय यादव र रुस्तम हवारी पक्राउ परेका हुन् ।
पक्राउ परेका दुबै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष तामाङ्ले पुष्टि गरेका छन् ।
उनी आफुलाई जेनजीका प्रतिनिधि बताउने गरेका छन् ।
















