कलैया, ३० कात्तिक । नेपाली बजारमा आज सुनको मुल्य ६ हजार ९ सयले घटेको छ। आज छापावाला सुन प्रति तोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आइतबार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
यस अघि चाँदी शुक्रबार प्रति तोला ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
















