15 C
Kalaiya

Wednesday, November 26, 2025
spot_img
15 C
Kalaiya
Wednesday, November 26, 2025

चुनावलाई भयरहित बनाउन पूर्व प्रहरीले सक्रिय भूमिका खेल्नुपर्छ : एसपी खुमबहादुर केसी

spot_img
spot_img

कलैया,१० मंसिर । बारामा सशस्त्र प्रहरीले पुर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हे.क्वाले समन्वय र सहकार्य गरि थप प्रभावकारी बनाउने उदेश्यले मंगलवार एक कार्यक्रम बिच पुर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

Advertisement

सो अन्तरक्रिया कार्यक्रममा पुर्व सशस्त्र प्रहरी संघ र सशस्त्र प्रहरी बक नेपाल नम्बर १२ गण हे.क्वा बीच हुनुपर्ने आपसी समन्वय र सहकार्य,देशको विधामान सुरक्षा चुनौती र आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन,जिल्लामा विगतमा घटेका मुख्य घटनाहरुको समिक्षा र भावी कार्ययोजना,खुल्ला सिमा नाकाहरुबाट हुने चोरी तस्करी नियन्त्रणमा पुर्व सशस्त्र प्रहरी कर्मचारीको भुमिका,पुर्व सशस्त्र प्रहरी कर्मचारी लक्षित सशस्त्र प्रहरी बल,नेपालले लागू गरेका कल्याणकारी योजना र अन्य समसामयिक विषयहरुमा छलफल गरिएको थियो ।

Advertisement

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा पूर्व सशस्त्र प्रहरी कर्मचारी र सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बिच हुनुपर्ने समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने, नेपाल सरकारले आगामि फागुन २१ गते घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न पूर्व सशस्त्र प्रहरी कर्मचारीले आ-आफ्नो स्थानवाट सूचना सङ्कलन र सम्प्रेषण गर्नुपर्ने,नेपाल भारत सीमा नाकाहरुवाट हुने चोरी तस्करी नियन्त्रणमा पूर्व सशस्त्र प्रहरी कर्मचारीले सहयोग गर्नुपर्ने,सशस्त्र प्रहरी बल, नेपालका विभिन्न इकाईहरुवाट सम्पादित सकारात्मक कार्यहरुको व्यापक रुपमा प्रचार प्रसार गर्ने र आगामि दिनमा पूर्व सशस्त्र प्रहरी कर्मचारी र गणको छलफल तथा अन्तरक्रिया कार्यक्रम पाक्षिक रुपमा आयोजना गर्ने निर्णय गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हे.क्वाका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी को अध्यक्षतामा भएको कार्यक्रममा भुपु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रामाधार यादव,खुम व.केसी,मनोज राई,उमेश पाण्डे,राजविजेश महतो,अरुण कुमार घिमिरे,लालु गोले, सशस्त्र प्रहरी नायब उपरीक्षक बिपिन देशार,सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आले,इन्द्र जंग थापा,प्रकाश राज पन्त,बाल कृष्ण श्रेष्ठ, लगायत पुर्व सशस्त्र प्रहरी संघका पदाधिकारी लगायत पुर्व सशस्त्र प्रहरी कर्मचारीसहित १२ नम्बर गणका सिनियर तथा जुनियर अधिकृतहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर