24.8 C
Kalaiya

Wednesday, November 26, 2025
spot_img
24.8 C
Kalaiya
Wednesday, November 26, 2025

नेपालले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै

spot_img
spot_img

कलैया,१० मंसिर। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । इन्डोनेसियास्थित मागुवोहर्जो रङ्गशालामा स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ ।

Advertisement

नेपाल र इन्डोनेसियाबीचको यो दोस्रो खेल हो । यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा यी दुई टोलि बीच खेल भएको थियो ।

Advertisement

जसमा समूह ‘ए’मा रहेको नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो । नेपाली टोलीको कप्तान सावित्रा भण्डारी (साम्बा) यस त्रिदेशीय खेलमा उपस्थिति हुने छैनन् । इन्जुरीका कारण सावित्रा उपस्थित नभएपछि उनको स्थानमा आज रस्मीकुमारी घिसिङ खेल्ने भएकी छन्।

Advertisement

आजदेखि सुरु भएको उक्त त्रिदेशीय खेलमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन् । प्रतियोगिता मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर