21.3 C
Kalaiya

Thursday, December 4, 2025
spot_img
21.3 C
Kalaiya
Thursday, December 4, 2025

सिटीनेट नेपाल राष्ट्रिय अध्यायको महत्वपूर्ण बैठक वीरगन्जमा भव्यताका साथ सम्पन्न  

spot_img
spot_img

वीरगन्ज, १८ मंसिर। सिटीनेट नेपाल राष्ट्रिय अध्यायको एक महत्वपूर्ण बैठक वीरगन्जमा भव्यताका साथ सम्पन्न भएको छ।

Advertisement

देशभरका महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागीता रहेको सिटीनेट नेपाल राष्ट्रिय अध्याय को राष्ट्रिय बैठक आज वीरगन्जमा सम्पन्न भएको हो । वीरगन्ज महानगरपालिकाको आयोजनामा भएको बैठकमा शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, शहरबीचको सहकार्य तथा आगामी वर्षका योजना बारे विस्तृत छलफल गरिएको छ।

Advertisement

सिटीनेट नेपाल राष्ट्रिय अध्यायको सम्पन्न यस महत्वपूर्ण बैठकले विपद् न्यूनीकरणको क्षेत्रमा एक दूरगामी निर्णय लिएको छ। बैठकले विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापनाको लागि सैद्धान्तिक सहमति जनाउँदै नेपालका सहरहरूलाई उत्थानशील बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।

Advertisement

कार्यक्रममा सहभागीहरूले सिटीनेटको आगामी साधारण सभा तथा एसीईई जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनको तयारी र सहकार्यका लागि भावी दिशानिर्देशबारे निष्कर्ष निकालेका छन्।

आजको कार्यक्रममा वीरगन्ज महानगरपालिकाको समन्वयमा विपद सम्बन्धी कोष स्थापना गर्ने निर्णय गरीएको छ । त्यस्तै नगरपालिका समुह दर्ता गर्ने, कार्ययोजना तैयार गर्ने, विभिन्न सदस्य पालिकाहरुविच संजाल दर्ता गर्ने, फोकल पसंन तोक्ने, हरेक ६/६ महिनामा बैठक बस्ने, दर्ता प्रक्रिया सुरु गर्ने, सचिवालय दर्ता गर्ने, जेष्ठ महिनामा गोदावरी नगरपालिकाले बैठक संचालन गर्ने, सहजीकरणका लागि सानो ईकाईको समेत स्थापना गर्ने निर्णय गरीएको महानगर प्रमुख राजेशमान सिँहले बताए । साथै पछिल्लो एक वर्षमा विपद् व्यवस्थापन, दिगो विकास र उत्थानशील शहरका पहलहरूबारे विभिन्न सिटीनेट सदस्य नगरपालिकाहरूबीच अनुभव आदानप्रदान पनि गरीएको छ ।

यस बैठकले विपद् न्यूनीकरण तथा उत्थानशील शहरी विकासका लागि सिटीनेट नेपाल राष्ट्रिय अध्यायको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ। कार्यक्रमको उद्घाटन सिटिनेट नेपालका राष्ट्रिय अध्यक्ष, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गमलामा पानी हालेर गरेका थिए। भने प्रारम्भमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) का स्वर्गीय बुवाप्रति मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो । स्वागत मन्तव्य वीरगन्ज महानगर उप प्रमुख इम्तेयाज आलमले राखेका थिए।

एसिया–प्रशान्त क्षेत्रका विभिन्न सहरहरूको एक बलियो सञ्जालको रूपमा स्थापित सिटीनेटले नेपालमा पनि आफ्नो सक्रियता बढाएको छ। नेपालको सिटीनेट नेपाल राष्ट्रिय अध्याय मार्फत यो संस्थाले स्थानीय सरकारहरूलाई दिगो विकास, विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ।

विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा आगामी योजनाहरू, भूकम्पीय इन्जिनियरिङ, र विपद् जोखिम न्यूनीकरण लगायतका विषयवस्तुमा गहन छलफल भएको हो । बैठकमा विपद् जोखिम न्यूनीकरण केन्द्रको स्थापनामा जोड दिईएको छ भने बैठकको सबैभन्दा महत्वपूर्ण एजेन्डाको रूपमा म्च्च् अनुसन्धान तथा शिक्षण केन्द्रको स्थापनाबारे विस्तृत प्रस्तुति र छलफल भएको हो ।

बैठकमा प्रा. डा. आममोदनी दीक्षित र डा. गणेश कुमार जिमीले यसको अवधारणा, आवश्यकता र कार्य सञ्चालनमा सिकाइ तथा अनुभवको प्रस्तुति गरेका थिए भने आगामी कार्ययोजना तथा एजीएमबारे पनि वृहत रुपमा छलफल भएको हो ।

बिपद जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्रका गणेश कुमार जिमिले आमोदमणि दिक्छितले हाम्रो समाजमा अझ पनि लैङ्गगिक विभेद, छुवाछुत, प्राकृतिक प्रकोप, प्राकृतिक बिपत्तिका साथै यस्को ब्यवस्थापनमा समेत ध्यान दिने गरि कार्य भइरहेको जानकारी दिए । छिमेकी मुलुकको भ्रमणको क्रममा नेपालीमै अरु भन्दा बढी छेमतामा वृद्धि भएको महसुस गरिएको बताए ।

उनले जोखिम ब्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । हाल जलवायु परिवर्तनले पनि धेरै प्रभाव पारेको अवस्था छ अर्को तर्फा भने पालिकाहरुको अवस्था कहालीलाग्दो अवस्थामा छ । त्यसैले यसप्रती मिसन र भिजन क्लियर हुन आवस्यक रहेको र सबैले आफ्नो अनुभवलाई ब्यवहारमा उतार्न जोड दिए ।

कार्यक्रममा बोल्दै जापानबाट केन्द्र हिराताले समाजमा जोखिम भन्ने कुरा र यस्को असर बारे बुझाउन जरुरि रहेको बताए । उनले प्राकृतिक प्रकोप होस वा जलवायु परिवर्तन न्यूनीकरणका लागि आम मानिसहरुलाई कर्तव्य र भुमिका बारे बताउन जानकार बनाउन र आगामी दिनमा कसरी जानकारी अरुलाइ पनि दिने र सचेत बनाउने बारे सोचपर्नेमा जोड दिए।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिँहले सिटीनेटबाट भएका र हुने अनुभव आदानप्रदानले आफ्नो पालिकाको विभिन्न विकासका कार्यमा योजना बनाउने र कार्यान्वयनमा ल्याउने कुरामा महत्वपुर्ण सहयोग गरेको बताए । यस्तै अन्य पालिकाका प्रमुखहरुले पनि आफ्ना पालिकामा भएका विकास निर्माणमा कार्य, विपद सम्बन्धमा विभिन्न कार्य तथा आगामी योजनाबारे जानकारी गराएका थिए ।

सिटीनेटमा एसिया भरी १०३ सदस्य रहेका छन् भने जसमध्ये ५३ जना एसोसीएटतर्फका सदस्य , संस्थागततर्फ २ र अन्तराष्ट्रिय संघसंस्था २६ जनना सदस्यका रुपमा रहेका छन् । यसमध्ये नेपालमा भने सिटीनेट नेपाल राष्ट्रिय अध्याय अन्तगर्तत १६ वटा पालिकाहरु सदस्य रहेका छन् । यस्तै ८ वटा एसोसिएट तर्फका सदस्य रहेका छन् ।

१ लाख भन्दा बढी जनसंख्या रहेको वीरगन्ज महनगरपालिका , भरतपुर महनगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, विराटनगर नगरपालिका लगायत गरी १६ वटा पालिका आबद्ध छन् । सिटिनेट एसिया प्यासिफिक रिजनको विभिन्न शहरहरुको एक संगठन हो । यसको स्थापना सन् १९८७ मा जापानको टोकियोमा भएको हो ।

सिटीनेटले विशेषगरी स्थानीय सरकारलाई विभिन्न विकासका कार्यहरुमा सहजीकरण गर्ने उद्देश्यले अनुभव र सिप सिकाई आदानप्रदानमा गर्नुका साथै जलवायु परिवर्तन , विपद व्यवस्थापन र दीगो विकासका लागि काम गर्दै आएको छ । यसका पदाधीकारीहरु प्रत्येक चार वर्षमा परीवर्तन हुन्छन् । सिटीनेटको ४५ औँ बैठक ईन्डोनेसियामा भएको थियो ।

नेपालको प्रतीनीधीत्व ललितपुर महानगरपालिकाका चिरुबाबु महर्जनले गरेका थिए । नेपालमा भने सिटीनेटको पहिलो कार्यक्रम वि.स २०८० मा धनगढीमा भएको थियो । नेशनल च्याटर भने वि.स २०८० भाद्र महिनामा विराटनगरमा सम्पन्न भएको थियो । ऊ कार्यक्रममा नेपाल तर्फको कमिटि गठन गरीएको थियो जसअनुसार अध्यक्ष विराटनगर महानगरपालिका, उपाध्यक्ष पोखरा महानगरपालिका, कोषाध्यक्ष तानसेन नगरपालिका र सदस्य वीरगन्ज महानगरपालिका रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा सिटीनेट नेपाल राष्ट्रिय अध्यायका अध्यक्ष तथा विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइराला को प्रमुख उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्देश्यमाथि महासचिव तथा तनहुँ नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले प्रकाश पारेका थिए। प्राविधिक तथा छलफल सत्रको सञ्चालन सन्तोष लाल श्रेष्ठले गरेका थिए।

कार्यक्रममा सिटीनेट सचिवालय तथा ऋल्ल्ऋ का हालका गतिविधिहरूको जानकारी, नेपालमा सिटीनेट सदस्यताको स्थितिबारे डा. गणेश कुमार जिमी को विशेष प्रस्तुति दिएका थिए। बैठकको सार संक्षेप महासचिव सन्तोष लाल श्रेष्ठ ले प्रस्तुत गरेपछि, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेश मान सिंहले धन्यवाद ज्ञापन गरे।

उनले भने, “यस बैठकमा सहभागिता जनाई महत्वपूर्ण विचार, अनुभव र सुझाव प्रस्तुत गर्नुभएकोमा सबै प्रति हामी कृतज्ञ छौं । नेपालका स्थानिय सरकारहरूविच सहकार्य, दिगो शहरी विकासका अभ्यास, नीति तथा अनुभव आदानप्रदानका लागि यस्तो बैठक अत्यन्त महत्वपूर्ण छ, र आजको छलफल तथा निष्कर्षहरूले भविष्यमा अझ प्रभावकारी काम गर्न मार्गदर्शन गर्ने विश्वास लिएका छौं।”

उनले आजका निर्णय र सुझाबहरू आगामी दिनमा व्यवहारिक रूपमा कार्यान्वयन भएर देशका पालिकाहरूमा शहरी सेवाको गुणस्तर सुधार गर्न मद्दत गर्ने विश्वास लिएको बताए । सिटीनेट नेपाल राष्ट्रिय अध्यायका अध्यक्ष तथा विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाको समापन सम्बोधनका साथ बैठकको औपचारिक समापन भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर