कलैया, २० पुस। हुस्सुका कारण कम भिजिविलिटी हुँदा बाराको सिमरा विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । विगत केहि दिन देखि मौसममा देखिएको खराबी (कम भिजिविलिटी) का कारण नियमित उडान हुन सकेको छैन।
सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक उडान भर्दै आएको छ। आज ( आइतबार) र हिजो (शनिबार) समेत उडान ठप्प भएको बुद्ध एयर सिमरा शाखाका इन्चार्ज सुरेश रेगमीले जानकारी दिएका छन। उनले भने, “कम भिजिविलिटी हिजो र आज एउटा पनि उडान हुन सकेको छैन।”
बारा, पर्सा, रौतहट, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सिमरा काठमाडौं आउजाउ गर्ने गर्दछन् ।




