Tuesday, June 9, 2026

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बारामा नेपाली सेनाद्वारा बृहत् सरसफाइ

spot_img

कलैया , २१ पुस । पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई लक्षित गर्दै बारामा नेपाली सेनाले बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। नेपाली सेनाको रिपुमर्दन गण, बाराको आयोजनामा कलैया उपमहानगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा सरसफाइ गरिएको हो।

रिपुमर्दन गणको टोलीले सिद्धेश्वर मन्दिर परिसर, भरत चौक तथा प्रादेशिक अस्पताल, कलैयालगायतका क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ। धार्मिक, व्यावसायिक तथा स्वास्थ्य सेवासँग सम्बन्धित महत्वपूर्ण स्थानलाई केन्द्रमा राखी गरिएको सरसफाइले सार्वजनिक स्थलको स्वच्छता र सौन्दर्य अभिवृद्धिमा सहयोग पुगेको छ।

गणपति अशोक क्षेत्रीका अनुसार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सोमबार उक्त कार्यक्रम आयोजना गरिएको हो। “राष्ट्र, समाज र नागरिकप्रति उत्तरदायी बन्दै सार्वजनिक स्थानको संरक्षण र सरसफाइमा नेपाली सेना सधैं अग्रसर रहँदै आएको छ,” गणपति क्षेत्रीले बताउनुभयो।

नेपाली सेनाको यस पहललाई स्थानीयवासीहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्। सरसफाइ अभियानले सार्वजनिक स्थान स्वच्छ बनाउनुका साथै समुदायमा स्वच्छता, अनुशासन र नागरिक उत्तरदायित्वको सन्देश प्रवाह गरेको स्थानीयवासीहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर