Thursday, August 13, 2026

अधिवक्ता स्वर्णकारको निधनमा विश्रामपुर गाउँपालिकामा आज शोक विदा

कलैया, २२ पौष। बाराको विश्रामपुर गाउँपालिकामा कामकाज गरेका अधिवक्ता अजय स्वर्णकारको निधन भएको छ। विश्रामपुर गाउँपालिका वडा नं. ९ कल्याणपुर टोल निवासी स्वर्णकारको पुस २२ गते मंगलबार निधन भएको गाउँपालिकाले जनाएको छ। उनको निधनले गाउँपालिका परिवार अत्यन्तै मर्माहत भएको जनाइएको छ।

गाउँपालिकाद्वारा जारी शोक विदा सूचनामा स्वर्गीय स्वर्णकारलाई एक शालीन, इमानदार तथा कुशल अधिकृतको रूपमा स्मरण गरिएको छ। दुःखद् घटनाप्रति गाउँपालिकाले उनी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

उक्त शोकको कारण आज पुस २२ गते मंगलबार विश्रामपुर गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य चौकी कार्यालयहरू (इमरजेन्सी सेवा र बर्थिङ सेन्टर बाहेक) बन्द रहने गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटोले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर