Tuesday, June 9, 2026

बाराको यी स्थानमा आज बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने

spot_img

कलैया, २३ पुस । बाराको विभिन्न स्थानमा आज बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। कलैया वितरण केन्द्रअन्तर्गत रहेको बडहर्वा फिडरमा प्राविधिक व्यवस्थापन कार्य गरिनुका कारण आज विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार बडहर्वा फिडरबाट विद्युत आपूर्ति हुने बकुलहर, दोहोरी, श्रीपुर बेलवाडी, सखुई, बडहर्वा, सिस्वा महेशपुर लगायतका गाउँहरूमा आज बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध रहने छ।

उक्त फिडर अन्तर्गत ३३ के.भी. लाइन नजिकै रहेको ११ के.भी. तथा एल.टि. लाइनको व्यवस्थापन कार्य सुरु गरिएको कारण विद्युत आपूर्ति अस्थायी रूपमा बन्द गरिएको वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर