Thursday, August 13, 2026

यातायात व्यवस्था कार्यालय बाराका कर्मचारी माथि मोबिल प्रहार

कलैया, २४ पुस । यातायात व्यवस्था कार्यालय बाराका कर्मचारी जीवनरमण पौडेलमाथि मोबिल प्रहार गरिएको छ।

बाराको कलैया उपमहानगरपालिका–३ गंगापुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत ट्रायल प्रमुख पौडेलमाथि आज कार्यालय परिसरमै अज्ञात व्यक्तिले मोबिल प्रहार गरेको हो। आफुलाई जेनजी अगुवा बताउने युवाले प्रहार गरेको दाबी गरेका छन। सामाजिक संजालमा सार्वजनिक भएको एउटा भिडियोमा त्यि युवकले दाबी गरेका हुन। घटनाको कारण भने खुल्न सकेको छैन।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय परिसरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेजका आधारमा संलग्न व्यक्तिको पहिचान गर्दै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर