Thursday, August 13, 2026

प्रशासकीय अधिकृतमाथि दुर्व्यवहारको विरोधमा सिम्रौनगढका कर्मचारीद्वारा अनिश्चितकालीन सेवा स्थगन

कलैया, २८ पुस। बाराको सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरूले कार्यालय परिसरमा कर्मचारीको सुरक्षा सुनिश्चित नभएसम्म अनिश्चितकालका लागि सेवा प्रवाह स्थगित गर्ने घोषणा गरेका छन्।

कर्मचारी परिवारद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नगर उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत विरवहादुर साह लहेरा माथि कार्यालय परिसरमै दुर्व्यवहार गरेको उल्लेख छ। घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको गरिमा, मर्यादा र सुरक्षामाथि प्रत्यक्ष आघात पुगेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा कार्यालयभित्रै कर्मचारीमाथि भएको दुर्व्यवहार अत्यन्तै निन्दनीय रहेको जनाउँदै यस्ता गतिविधिले सुरक्षित, सम्मानजनक र मर्यादित कार्य वातावरणमा गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न कर्मचारी परिवारले सम्बन्धित निकायसँग माग गरेको छ।

कर्मचारीहरूको सुरक्षा, सम्मान तथा सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सिम्रौनगढ नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयहरू तथा शिक्षण संस्थासहित अत्यावश्यक सेवाबाहेकका सबै सेवा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ। 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर