Wednesday, August 12, 2026

सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रमुख एसपी खुम बहादुर के.सी को सरुवा

कलैया, ०५ माघ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर के.सी को सरुवा भएको छ । एसपी के.सी लाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीमा सरुवा गरिएको हो ।

उनको स्थानमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिल्वाल आउने भएका छन्। उनी हाल सशस्त्र प्रहरी बल नेपाल यु एन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा कार्यरत छन्।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्व गण हेड क्वार्टर पिलुवामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरी उपरीक्षक नरदिप कुमार बस्नेत आउने भएका छन्। भने पिलुवाका सशस्त्र प्रहरी उपरीक्षक नवराज थापाको एपिएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँ सरुवा भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर